• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama

पर्यटकीय क्षेत्रको सम्भावना बोकेको ताराखसे पोखरीको पौराणिक कथा ;

डिएनडि तामाङ

काभ्रे || काभ्रे जिल्लाको धार्मिक एवं ऐतिहासिक स्थल ताराखसे पोखरी जुन क्षेत्र समुद्री सतहदेखि लगभग ३४०० मिटरको उचाईमा रहेको छ । उक्त पोखरीको छुट्टै पहिचान र बिशेषता रहेको पाइन्छ । मनै लोभ्याउने हरियाली दृश्यहरु सगैँ हिमश्रृङ्खलाहरु पनि मज्जैले नियाल्न सकिन्छ ।

यात्राकै क्रममा जति उचाईको यात्रा तय गर्दै जाँदासुन्दर मनोरम वातावारण, लेकमा रहेको ठुला ठुला अनि अग्लाअग्ला रुखहरु सगैँ गौरीशङ्कर हिमाल, गणेश हिमाल लगायत थुप्रै हिमालहरुको दृश्य नियाल्दै जादा गन्तव्यमा पुगेको पत्तो हुँदैन । यसै लेकबाट तराईको समथर भूभाग सगै काठमाडौं को केहि ठाउँलाई हेर्न र अवलोकन गर्न पाइन्छ । भौगोलिक हिसाबले हेर्ने हो भने राजधानी नजिकैको जिल्ला हो काभ्रे तर विकास पुर्वाधारमा निकै पछाडि रहेको छ । केहि समय यता सोही लेक हुदै डाँडापारी सडक खण्ड त जोडिए तर सडक निर्माण आस लाग्दो नभएपछि असुरक्षित यात्रा गर्न बाध्य छ ।

प्राचीन समयमा सोही ठाउँमा आकाशबाट तारा खसेको र पानीको उत्पत्ति भई पोखरी बनेपछि सोही ठाउँको नाम रहन पुग्यो तारा खसे पोखरी । ( पोखरी वरिपरि यति धेरै घना जङ्गल छ तर पोखरीमा रुखबाट झरेको पात पोखरीमा झर्न नपाइ सोही जङ्गलमा रहेको एक पन्छिले किनारमा लाग्ने गर्थ्यो । – बुढापाकाले भन्छन्  ) हेर्दा जत्ति नै कालो पानी देखेता पनि तर अञ्जुलीमा लिदा निर्मल स्वच्छ पिउन योग्य हुन्छ । पोखरी छेउको ढुङ्गामा एक मानवीय पैदालाको छाप समेत देख्न सकिन्छ ।

कतिपय बाटोमा हिड्ने बटुवा, गोठाला र घाँस दाउरा जानेहरु यहि पोखरीको पानीलाई पिई आफ्नो प्यास मेटाउछन् । अग्लो शिरमा अनौठो किसिमले पानी पोखरी बन्नुमा त्यहाँ केही शक्ति रहेको अनुमान समेत स्थानीयहरु बताउँछन् । हरेक बर्ष जनैपूर्णिमाको दिन धामी झाक्री लगायत स्थानीय पुजा आजा गर्नको लागि सोही पोखरी जाने गर्दछ ।

यस लेकमा हजारौ प्रकारका जडिबुटीहरू पाईन्छन्, जसलाई मानव जीवनमा आएका विभिन्न रोगहरूलाई समेत निको पार्ने औषधीको रुपमा प्रयोग गर्दै आईरहेको छ । त्यस स्थानलाई पौराणिक कथा सगै किम्बदन्ती कुरा हरुमा जोड्दै आई रहेको छ । त्यसै लेकमा बिभिन्न प्रजातिका रुखविरुवा, चराचुरुङ्गी, जीव जन्तुहरू पाइन्छन् । पर्यटकीय क्षेत्रको सम्भावना प्रबल रहेता पनि उक्त क्षेत्रको प्रचारप्रसार कै कमिले अझै सम्म ओझेल रहेको छ । २०७३ |०७|२० गते तिर पर्यटकीय क्षेत्र अवलोकन गर्ने भनि मान्त्री परिसरका केहि व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम समेत आयोजना गरेको थियो । बर्ष बित्यो तर केहि हुन सकेन ।

तीन धारा झरना पनि सोही लेकको एउटा उदाहरण मात्र हुन् । यसरी नै खोजी निति गर्ने नै हो भने तीन धारा झरना, कमल पोखरी, घ्वाई झाङ, रानी पोखरी, म्हबीर, तारा खसे पोखरी, सीता पाइला, हात्ती आहाल जस्ता याहा कयौं रमनिय ठाउँहरु रहेको छ । ती मध्य तारा खसे पोखरी पनि एक हुन । अहिले मानव चेतनासंगै अध्ययन र अनुसन्धानका कामहरु हुन थालेपछि त्यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ । उक्त स्थानको अवलोकन गर्ने को संख्या बढ्दै गईरहेको छ । सोही क्षेत्रमा पुग्नको लागि काभ्रेको सदरमुकाम धुलिखेल देखि ५०-५५ किलोमिटरको हारहारीमा पुग्न सकिन्छ ।

Advertisement
Advertisement
Advertisement
ताजा अपडेट
  • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

  • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

  • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

  • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

  • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

चर्चित
  • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

  • २. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

  • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

  • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

ताम्सालिङ टिभि सम्पर्क:

Tamsaling TV Pvt.Ltd.
बौद काठमाडौँ
सम्पर्क:
इमेल: info@tamsalingtv.com
tvtamsaling@gmail.com
सुचना बिभाग दर्ता नं. ……..
दर्ता: २११०५५/०७५/०७६

हाम्रो टिम:

अध्यक्ष- प्रदिप थिङ्ग
प्रधान सम्पादक: रजनी तामाङ
सम्पादक – सर्मिला श्रेष्ठ
रिपोर्टर- सुनिल राज लामा
रिपोर्टर- रिना तामाङ
रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
क्यामेर/इडिट- सुनिल राज लामा
आइटी सपोर्ट- गणेश बज्र लामा

ताम्सालिङ टिभीको उदेश्य:

नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

सामाजिक सन्जालमा हामी:

YouTube Channel
Facebook Page
Facebook ID
Twitter
Instagram

© 2020 Tamsaling Tv| All rights Reserved.
 Website By :  Ganesh Lama.