साउन १,काठमाडौं। आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा राजश्व संकलन सात प्रतिशतले वृद्धि भएको छ।
आन्तरिक राजश्व विभागका अनुसार यसवर्ष कूल ३८४ अर्ब ३१ करोड राजश्व संकलन भएको छ। गत आर्थिक वर्ष ०७५/७६ मा राजश्व संकलन कूल ३५८ अर्ब ४१ करोड भएको थियो।
गत वर्षको तुलनामा आव २०७६/७७ मा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । विभागका अनुसार आयकर रु २१७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ९८ अर्ब २२ करोड, अन्तःशुल्क रु ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुःल्क र अन्य गरेर रु ४ अर्ब ४ करोड गरी कूल रु ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ ।
गत वर्ष एक लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी कूल ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको विभागले जनाएको छ।
कोभिड-१९ का कारण करिब चार महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पारेको प्रभावका बाबजुद असल नागरिकको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रकट गरेको छ। रासस