साउन २, काठमाडौं ।नेपाल सरकार र विश्व बैंकबीच ४५ करोड अमेरिकी डलर नेपाली रुपैयाँ करिब ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ ।
मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाका साथ नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिम्भस, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौता पत्रमा हस्तार गरेका छन् ।नेपाल सरकार र विश्व बैंकबीच भएको आजसम्मकै ठूलो राशिको एकल आयोजना भएको बताइएको छ ।
अर्थमन्त्री युवराज खतिवडा उपस्थित कार्यक्रममा नेपाल सरकारकातर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिम्भस, नेपाल र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौता पत्रमा हस्तार गरेका छन्
कार्यक्रममा मन्त्री खतिवडाले आयोजनाले सीमापार बजार लगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणका साथै कोरोना पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताए र नेपालको आर्थिक वृद्धि गर्न क्षेत्रीय आर्थिक एकीकरणलाई तिब्रता दिन र दिगो विकास लक्ष्य प्राप्त गर्न यस आयोजनाले सहयोग पुर्याउने बताउनु भयो ।