साउन २, काठमाडौं । कोरोना भाइरसका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वृद्धको मृत्यु भएको हो।
सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय रामकृष्ण दासको विहीबार राति उपचारका क्रममा मृत्युभएको उनले जानकारी दिए । उनी असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको हो ।उनी मुटुका रोगी समेत रहेको मन्त्रालयले जानकारी दिएको छ।