साउन ३,काठमाडौं । सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठक थप छलफल गरी पार्टीको समस्या समाधान गर्ने भएको छ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा दुई पक्ष बीच उठेका सबै विषयमा छलफल भएको र समस्याको निकास निकाल्न थप छलफल गर्ने भएको बताए । उनले भने, ‘सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । छलफल जारी छ । सचिवालयमा अझै छलफल गरेर पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने निष्कर्ष निकालिएको छ । पार्टीका सबै सदस्य पार्टीभित्रको विवाद सहमतिमै समाधान गर्न सहमत भएको छ।’