साउन ५, काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा एक जनाको पहिरोले पुरिएर मृत्यु भएको छ ।
आईतबार साँझ साढे ६ बजे शौचका लागि खोल्सामा गएको र सोही समयमा पहिरोमा परी गागलफेदीका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरीले जानकारी दिएको छ ।
उनको आइतबार गागलफेदीस्थित घट्टेखोलामा आएको पहिरोमा परी मृत्यु भएको जनाएको छ । पहिरोमा पुरिएर मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।