साउन ५, भक्तपुर । आईतबार देखिको लगातार वर्षाले भक्तपुरको सडक तथा खोलामा बाढी आएको छ ।
भक्तपुरको हनुमन्ते खोलाको पानी तहभन्दा निकै माथि आइसकेको छ। खोला वरिपरि रहेका मठमन्दिर र घर डुबानमा परेको छ। खोलाको बहाव बढ्न थाले सँगै खोला छेउ घर भएका स्थानीय बासिन्दा त्रसित बनेको छ।
हनुमन्ते खोला बगेर भक्तपुरको बाराही स्थान ,राममन्दिर खोलामा बाढीको आएको छ।
हरेक वर्षको बर्खायाममा भक्तपुरमा यस्तै हुँदै आएको छ। हनुमन्ते खोलाको पानी बहाव बढ्दा अन्य खोलाहरूमा पनि उतिकै जोखिम बढ्ने गरेको छ।