साउन ५, काठमाडौं। कोभिड १९ को कारण नेपालीको गाडी एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गरिएको छ तर सीमा क्षेत्रबाट भारतीय गाडी भने सजिलै आइरहेको देखिन्छ।
जहाँ नेपालीकै गाडी लकडाउनका कारण सीमामा रोकिएको अवस्था छ त्यही भारतीय चालक सहित दुई गाडी ( UP 32 NN 2967 र UP 32 JN 2487 ) काठमाडौंको फलमन्दी आइपुगेको छ।
यस्तो महामारीको समयमा गाडी काठमाडौं उपत्यका सम्म कसरी पुग्यो ? यसरी पहुँचको भरमा भारतीयहरु नेपाल भित्रनु नेपालीको स्वास्थ्य सँगको खेलबाड हो। अहिले भारतमा कोरोना संक्रमित अत्यधिक मात्रामा बढिरहेको छ।