साउन ६, काठमाडौं।
नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।
बाढी पहिरोमा परेकाका उद्धार तथा राहतमा खटने निर्णय सहित पार्टीको बैठक एक हप्ताका लागि स्थगित गरिएको नेता सूर्य थापाले जानकारी दिनुभएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पाार्टीका दुई अध्यक्ष केपी ओली र पुुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित रहेनन् ।
नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत अन्य नेताहरुले प्रधानमन्त्री केपी ओलीका राजिनामा माग गरेपछि पार्टीमा विवाद हुँदा बैठक असार १० गएपछि स्थगित हुँदै आएको छ। पार्टीका दुई अध्यक्ष बीच पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन।