सरकारले मंगलबार मध्यरात १२ बजेबाट लकडाउन अन्त्य हुने भएको छ । सरकारका प्रवक्ता एवम् अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले यसबारे जनाकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले अब लकडाउनमा छौं भन्न नपर्ने बताएका थिए ।
अब सवारी साधनमा जोरबिजोर प्रणाली पनि अन्त्य भएको छ। लक डाउन अघिको जस्तो नियमित कार्य सुचारु गर्न सकिने पनि बताए ।
सरकारले चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु गरेको थियो । भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि सरकारले गरेको छ । बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् । अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।