साउन ७, काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजबाट जुम्ल्याहा हात्ती चित्र भएको नयाँ हजारको नोट बजारमा ल्याएको छ।
नयाँ नोटमा ‘राम र लक्ष्मण’ भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र रहेको नयाँ हजारको नोट जारी गरेको छ ।यसअघि हजारको नोटमा एउटा मात्र हात्तीको चित्र रहेको थियो।
आजबाट बैंकले संकेत नं.ज–६८०००००१ देखि ट–१००९९९९९९ सम्मको नोट बजारमा पठाएको छ । यो नोटमा पूर्वगभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेका छन् ।