मेरो बाबा पनि हुनुहुन्थ्यो तर बाबा बित्नुभएको ५,६ साल भैसक्यो! चिहान डाडाको माहोल यस्तो थियो कि त्यो कुनै मेला भन्दा कम्ति थिएन वरीपरि बिजुली बत्तीहरु बलिरहेको थियो। मान्छेहरुको चहलपहल त्यस्तै थियो ! मेरो आमा बित्नुभएकोरे अनि आमाको आत्मा भट्किरहेकोले आमाको आत्माले शान्ति पाओस् भनेर पुजा गरिरहेको थियो ।
म एक्दमै धेरै रुइकराइ आमा- आमा भन्दै छटपटाइ रहेको थिए। पुजा नसकुन्जेल सम्म को लागि आमाको आत्मा सँग कुरा गर्न मिल्दो रैछ मैले रुदै आमालाई सोधे आमा तपाइलाई छुन मिल्छ अनि आमाले पनि रुदै हुन्छ भन्दै अँगालोमा लिनु भयो म मन मनै अब पुजा सकेपछित आमालाइ चाहेर पनि मैले कहिल्यै देखन भेट्न पाउदिन भनेर आमाको अँगालो म खुब रोए आमाको अनुहार राम्रो संग हेरे आमाको गालामा केही दाग जस्तो थियो । हेर्दाहेर्दै त्यो दागसंगै आमा पनि बिलिन हुदै जानुभयो हेर्दाहेर्दै आमा पुरै गायबनै हुनुभयो म रुनु सिबाए केहि गर्न सकिन पछि थाहा भयो कि पुजा सकिएको रहेछ म रुदै थिए बाबा पनि रुदै मलाई सम्हाल्दै हुनुहुन्थ्यो । यतिकैमा झल्यास्स विउँझिए यसो हेरेको बेडमा थिए । आखभरी आँसु थियो झुरुक्क उठे अनि लामो सास फेरे छेउमा रहेको टेबलको बोतलमा रहेको पानी पिए आँसु बग्न अझै रोकेको थिएन मुटु ढुक ढुक सामान्य भन्दा केहि बढि नै ढुकढुक गरिरहेको थियो।आफुलाई सम्हाले र सपनालाई धन्यवाद दिए किन कि त्यो एउटा सपना मात्र थियो जसले मलाई आमा प्रतिको मेरो माया झन् बढायो आमाको साथको महतो स्पष्ट छर्लंग बुझायो । म फेरी पनि धन्यवाद दिन चाहन्छु सपनालाई प्रिय सपना डरलाग्दो नै भए पनि मलाई आमाको महत्तो बुझायौ त्यो क्षणको आभाश दिलायौ त्यसको लागि तिमीलाई मुरी मुरी धन्यवाद सपना ।