साउन ७, काठमाडौं ।बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ।
आज नेपालको २२ जिल्लाहरुमा कोरोना संक्रमित देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ४,मोरङका ३, झापाका १, ताप्लेजुङका ३, सप्तरीका १८, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौका ३ , सर्लाहीका ३, चितवनका १, लमजुङका ७, स्याङजाका ३, बागलुङका ३, बाँकेका ३, वर्दियाका २, सल्यानका २, कालिकोटका १, दैलेखका १६, बझाङका १, डोटीका ७ र धनुषाका ६० जना संक्रमित थपिएका हुन्।
आज धनुषाका ६० वर्षिय पुरुष र ४० वर्षिया चिनीयाँ महिलाको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए। यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ।
कोरोना भाईरसको संक्रमण निको भएर थप २०७ जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ।