साउन ८, काठमाडौं । मंगलबार देखि कमजोर देखिएको मनसुन अझै टरिनसकेक जल तथा मौसम विभागले जनाएको छ।
बिहीवार देशभर मौसम आंशिक देखि सामान्य बदली भई केही भागमा भारी वर्षाको सम्भावना रहेको छ। अहिले देशमा न्युनचापिय रेखा केही दक्षिणतर्फ सरेको भएपनि पूर्वी भाग नजिक रहेकाले आज वर्षाको संभावना रहेको हो।
जल तथा मौसम विज्ञान विभागका। अनुसार ,प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा सडक तथा हवाई यातायातसमेत प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पर्नेछ ।बाँकी क्षेत्रमा मौसम बदली रही हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ ।
यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।