साउन ८, काठमाडौं । बिहीवार थप १४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भई घर फर्केका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ।