साउन ९, काठमाडौं। बिहीवार राती सितापाईलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई आरोपी पक्राउ परेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सिसी क्यामरा फुटेज र युवती पवित्रा कार्कीको मोबाइल फोनको आधारमा बिहीवार राती ११ बजे उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेका छन्।
पीडित युवतीको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनी हायात होटलको अकाउन्ट शाखामा कार्यरत कर्मचारी हुन् । युवतीले उनीहरुसँग चिनजान भए पनि आफूले दाजुको रुपमा हेर्ने गरेको बताएकी छिन् ।