साउन ९,काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण एकको मृत्यु भए सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया बृद्धाको मृत्युभएसँगै संख्या ४४ पुगेको जानकारी दिएको हो।
मृतक पहिले देखि मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।