साउन १०, काठमाडौं । पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत पुष्टि गरेको छ ।
आज पुष्टि भएका १०९ संक्रमित सहित हाल सम्म नेपाल कुल संक्रमित १८ हजार ४ सय ८३ पुगेको छ ।
त्यस्तै आज थप १०६ जना कोरोनामुक्त भएका छन्। हालसम्म ७०.६ प्रतिशत अर्थात १३ हजार ५३ जना कोरोना भाइरसमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले आज थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गर्नुभएको छ ।हालसम्म नेपालमा ४५ जनाको मृत्यु भएको पनि जनाएको छ ।