साउन १०, काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताहरुले पार्टी छाडेका छन् । उनीहरुले शनिवार अध्यक्षत्रयलाई पत्र लेख्दै पार्टीका सबै तहका पद र जिम्मेवारीबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् ।
उक्त पत्रमा आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि पार्टी नेतृत्व जनआकर्षण अनुरूप अगाडि नबढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताउदै राजीनामा दिएको छ । पार्टी छाड्नेमा सुनिलसँगै विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जना रहेका छन् ।
राजिनामा दिएका सुनिल थापा पक्षका नेताहरु कांग्रेस प्रवेश गर्ने स्रोतले बताइएको छ।