साउन १०, काठमाडौं । राष्ट्रिय जनता पार्टी ( राप्रपा) का अध्यक्ष कमल थापाले सुनिल थापा राप्रपा त्यागेर कांग्रेस प्रवेश गरे पाँच पटक प्रधानमन्त्री भएका राप्रपा पार्टी संस्थापक एवम् सुनिल थापाका पिता सूर्य बहादुर थापाको विरासतको अन्त्य हुने टिप्पणी गरेका छन् ।
कांग्रेस नेतृ इन्दिरा थापाले सुनिल थापा कांग्रेस प्रवेश गर्न लागेको सार्वजनिक गरेको थियो । यसमा अध्यक्ष थापाले ट्वीट गर्दै भनेका छन् ,” यदि यो सत्य हो भने पाँच पटकका प्रधानमन्त्री एवम् राप्रपाका संस्थापक सूर्य बहादुर थापाको विरासतको अन्त्य हुन सक्नेछ ।असहजता र असन्तुष्टिका बाबजुद महान पिताको मौलिक विचारको संरक्षण गर्नुहोस् ,अरू कतै शरण लिनुको सट्टा तपाईको आफ्नै घरलाई सुदृढ पार्न सहयोग गर्नुहोस् ।”