सहिद स्मारक ए डिभिजन क्लब फ्रेन्डस् क्लबले आफ्नै खेल मैदान बनाउने भएको छ । ललितपुरको क्लब फ्रेन्डस्ले चाँगुनारायण नगरपालिकामा आफ्नो खेल मैदान बनाउन लागेको हो ।
नगरपालिकाको वडा ४ मा रहेको मानेडाँडा क्षेत्रको भिरालो तथा खाँचयुक्त सार्वजनिक जग्गा व्यवस्थित गरी क्लबले आफ्नै खेल मैदान बनाउने तयारी गरेको जनाएको छ ।