• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

पूर्वी चितवनमा १३२ केभी सबस्टेन्सन निर्माण सम्पन्न

  •  संवाददाता
  • ११ श्रावण २०७७, आईतवार १८:०९ प्रकाशित
    Advertisement

    साउन ११, काठमाडौं ।पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

    निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौँडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

    ‘सबस्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ’,कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६।६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको संचालन र ११ केभी फिडरबाट एकहप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

    उनले सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४÷५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने बताए ।

    अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने,ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो । पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ ।

    नेपाल सरकाको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो । आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको आर्थिक वर्ष २०७२÷०७३मा सुरु भएको थियो । गत चैतभित्रमा संचालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.