साउन १२, काठमाडौं । आज ( सोमबार) देखि चार दिनसम्म सामान्य देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको छ ।
मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ उति वर्षा बढ्छ । मौमस पूर्वानुमान महाशाखाले शनिबार नै ‘विशेष मौसमी बुलेटिन’ जारी गर्दै सोमबार रातिदेखि ठूलो वर्षा हुने जानकारी गराइसकेको थियो।
सोमबार बिहानै काठमाडौं उपत्यकासहित केही क्षेत्रहरूमा वर्षा भइरहेको छ। नदी किनारमा वर्षाक कारण भारी वर्षको सम्भावना रहेको जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाले समेत सोमबार बिहान नेपाल बाढी सूचना जारी गर्दै विभिन्न स्थानमा सचेतना अपनाउन आग्रह गरेको छ ।