सुनसरीको धरान उपहानगरपालिका -३ स्थित तरकारी बजारमा आगलागी भएको छ। आगलागीबाट ११ वटा पसलहरु नष्ट भएको छ।
आज सोमबार बिहानै लागेको आगोले तरकारी बजारमा रहेको ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको धरानका इलाका प्रहरीले जानकारी दिए।
सोही स्थानका एक पसलमा विद्युत सट भएर आगजनी भएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उपमहनगरपालिकाको बारुणयन्त्र र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको छ। आगलागीमा करिब ५२ लाखको क्षति भएको अनुमान गरिएको तर क्षतिको यकिन विवरण आउन बाँकी रहेको निरीक्षक ओलीले बताए।