साउन १२, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन ९७ हजार ६० रुपैयाँ तोकिएको छ।
नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएअनुसार आईतबार ९६ हजार ३सयमा कारोबार भइरहेको आज १२ सयले वृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो।