साउन १३, काठमाडौं । सरिता गिरीको निष्काशन पश्चात निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा मनोनित गरेको छ।
पार्टीकी सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै निस्काशन गरिएपछि रिक्त गरेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई पार्टीले सांसद चयन गरेको हो ।
सरिता गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक र कानुनविपरीत रहेको भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सर्वोच्चले गरेको निर्णयको भोलि पल्ट सोमबार नै आयोगले रिक्त पदका लागि सिटौला चयन गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
सिटौला मनोनित पत्र संसद सचिवालय बुझाएको उनलाई सपथ खुवाउने तयारी भइरहेको छ ।