साउन १३, काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
आज ३११ कोरोना संक्रमित थपिए सँगै हालसम्म कोरोना संक्रमित संख्या १९ हजार ६३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ३, मोरङका १७, ओखलढुङगाका १, सप्तरीका १५, धनुषाका ८, महोत्तरीका ८, बाराका १, इलामका १, पर्साका १३, भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौँका ४८, नुवाकोटका १, सिन्धुपाल्चोकका ४, दाङका १, गोर्खाका १, ललितपुरका ४, रामेछापका १, धनुषाका १, पर्साका १, सर्लाहीका १, कास्कीका २, लमजुङका २, स्याङजाका १८ , बाराका ४, रौतहटका १, मकवानपुरका १, दाङका ५, बाँकेका ३, नवलपरासीका ७, रुपन्देहीका २, सुर्खेतका ३, दैलेखका १, बझाङका ३, डोटीका ५८, अछामका १६, दार्चुलाका १, कैलालीका १८ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।