साउन १३, काठमाडौं। नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलका लागि जानु अगाडि आफूमा कोरोना संक्रमण भएको वा नभएको जाँच्न नमुना दिएका छन् ।
सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा स्वाब दिएका उनका व्यवस्थापक रमन शिवाकोटीले बताए । उनको रिपोर्ट बुधबारसम्म आउनेछ ।
अगष्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा हुने सीपीएल २०२० मा सन्दीपले जमाइका तल्लावाहजबाट खेल्नेछन् । सीपीएल खेल्नुअघि दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।
नेपालको हवाई उडान सुरु हुन नसक्दा सन्दीप सिपिएल खेल्ने वा नखेल्ने यकिन हुन सकेको छैन।