साउन १३ , भक्तपुर । भक्तपुर कमलविनायक -१० को कमलपोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ११ बजे कमलपोखरीमा चाँगुनारायण नगरपालिका-९ सुडालका ५१ वर्षीय राजेश खड्काको ज्यान गएको हो ।
स्थानीयका अनुसार उक्त व्यक्ति पोखरी किनारमा आफ्नो लुगा खोलेर पोखरीमा हाम फालेका थिए ।
पोखरीमा गएका ती व्यक्ति दुई पटक पोखरीबाट निस्किएपछि तेस्रो पटकमा पोखरीमै हराएको प्रहरीले बताए।
डुबेको खबर पाएसँगै उद्धार गर्न महानगरीय प्रहरी वृत्त, जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट संयुक्त टोली खटिएको थियो। घटनास्थलबाट उनको उद्धार गरी भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।