साउन १४, काठमाडौं। लकडाउन खुलेसँगै नेपालमा कोरोना भाइरस संक्रमित बढ्दै गइरहेको छ । आज कोरोना भाइरस संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा मात्र १५ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक्तपुरका १, धादिङका ७ , कपिलवस्तुका २ जना, काठमाडौँका १४, नवलपरासीका २, रौतहटका १, महोत्तरीका १, बाग्लुङका ७, स्याङ्जाका २६, म्याग्दीका २, तनहुँका १, सुर्खेतका १, बैतडीका २, डोटीका ५२, कैलालीका ८ र कञ्चनपुरका ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर कुल संक्रमित १९ हजार २ सय ७३ पुगेको छ ।