जेनेभा। विश्वमा कोरोना भाईरस संक्रमित १ करोड ६९ लाख ५६ हजार २ सय ८८ पुगेको छ ।
साथै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथ्यांकअनुसार बुधबार साँझ समाचार तयारसम्म विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ६ लाख ६४ हजार ६०० नाघेको हो
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १३० जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ३८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी रहेको जनाइएको छ ।
दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५२ लाख ८० हजार ५६२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १२ हजार ६४४ जनाको मृत्यु भएको छ ।
युरोपमा २८ लाख २४ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ ।
एशियामा ४० लाख ९७ हजार १३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९३ हजार ४७२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ७८ हजार ८१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ५६६ जनाको मृत्यु भएको छ ।
ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९८ जनाको मृत्यु भएको छ