साउन १५, काठमाडौं ।नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड एण्ड टोबागो जाँदैछन् ।
नेपालको हवाई उडान सुरु नभएको हुदाँ सरकारसंग आग्रह गरेर चार्टर्ड फ्लाइटबाट उनी सिपिएल खेल्न ट्रिनिडाड जाने तय भएको हो ।
आज बिहान १० बजे उडे पनि सन्दीप आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ । त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।उनी अगष्ट १ मा प्रतियोगितास्थल पुग्नेछन्।