साउन १५, काठमाडौं। चार महिना देखि बन्द रहेका होटल तथा रेष्टुरेन्ट आजबाट सञ्चालनमा आउने भएका छन्।
केही समय अगाडि सरकारले आज साउन १५ देखि देशभरका होटल तथा रेष्टुरेन्टलाई तोकिएको मापदण्ड पूरा गरी व्यवसाय सुरु गर्न अनुमति दिने निर्णय गरेेको थियो ।सो निर्णय बमोजिम आजबाट व्यवसाय सञ्चालन गर्ने भएका हुन्।केही रेष्टुरेन्ट अगाडि नै खुलिसकेका छन् ।
लकडाउन तथा बन्द अवधिको सेवा सुविधा सम्बन्धी केही समय अघि मात्र सरकार र होटल व्यवसायी मजदूर संगठन बीच सम्झौता भएको थियो ।