साउन १५, हेटौडा ।लकडाउन खुलेसँगै कोरोनाको त्रास झन् बढेको छ। बढ्दो कोरोना भाईरस संक्रमणलाई नियन्त्रण गर्न केही सामाजिक संस्थाहरुले हेटौडा बजारमा माक्स नलगाउनेलाई सहुलियतमा माक्स बितरण गर्दै आएको छ ।
हेटौडाका विभिन्न स्थानहरूमा भित्रिने र जिल्लाबाट बाहिर जानेहरुलाई अनिवार्य रूपमा माक्स लगाउन अनुरोध गरेको बोर्ड राखिएको छ । साथै माक्स नलगाएकालाई प्रवेश नगराउनसमेत अनुरोध गरेको छ ।
हेटौडाका चोक चोकमा विभिन्न संस्थाका समाजसेवीहरु हात हातमा माक्स बोकेर माक्स नभएकालाई पसलमा किन्दा १० रुपैयाँ पर्ने माक्स ५ रुपैयाँमा बितरण गर्दै माक्स लगाउन अनुरोध गरेको देखिन्छ ।
यो कार्यमा हेटौडा स्थित विकास संस्था , आदर्श टोल विकास संस्था , नेत्र ज्योति टोल विकास संस्था र टि सी एन्ड युथ क्लबको सहकार्यमा भइरहेको हो ।