• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

यो वर्ष गोसाइँकुण्डमा मेला सञ्चालन नहुने |

  •  कविता स्याङ्बा
  • १५ श्रावण २०७७, बिहीबार १६:३५ प्रकाशित
    Advertisement

    विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेपछि गोसाइँकुण्ड मेला सञ्चालन नहुने भएको छ । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा सञ्चालन हुँदै आएको मेला यो वर्ष सञ्चालन नगर्ने निर्णय भएको हो ।

    मेला व्यवस्थापन गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला सञ्चालन नगर्न आग्रह गरेको, सार्वजननिक यातायात सञ्चालन नभएको, पदमार्गमा सञ्चालनमा रहेका होटल पूर्ण रूपमा सञ्चालन नभएको र पदमार्गमा अस्थायी थर्पु स्थापना गर्न समय नभएको कारणले मेला सञ्चालन नगर्ने निर्णय गरेको हो ।

    हरेक वर्ष १० हजारको हाराहारीमा भक्तजनहरु मेला भर्न आउने गरेका छन् । रसुवा जिल्ला अहिले कोरोनामुक्त भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले पनि सरकारको निर्णय अनुसार मेला सञ्चालन नगर्ने भनेको छ ।

    गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्दै आएकोमा यो वर्ष गंगादशहरामा मेला सञ्चालन नभएको र कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला पनि स्थगित गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताए । केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय मेलाको बेलामा बढी भीडभाड हुने र अन्य समयमा सहज हुँदा मेलामा भन्दा अरु समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका छन् ।

    गत वर्ष तीर्थयात्रीलाई खान तथा बस्नका लागि ७० वटा थर्पु निर्माण गरिएको थियो । लामो समय भएको लकडाउनका कारण होटल तथा पर्यटन व्यवसायमा घाटा लागेको छ । अहिले लकडाउन खुलेपछि होटलहरु सञ्चालन भएका छन् । “नेपालमा कोरोना संक्रमण नियन्त्रण नभइसकेको कारणले गोसाइँकुण्डमा स्नान गर्न नआउनै भन्न मिल्दैन । त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर आफ्नो सुरक्षा आफै गरेर आउने हो भने होटलहरुमा राख्ने व्यवस्था छ,” होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए ।
    धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चार ओटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीन ओटा मुख्य बाटो छ । काठमाडौँ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो । काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ ।

    त्यसैगरी काठमाडौँ–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो यात्रुले प्रयोग गर्दै आएका छन् । धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन् । तर कुनै पनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइँदैन । मेला भर्नका लागि भक्तपुर, ललितपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, धादिङ्ग, मकवानपुर, काभे्र, गोरखा लगाएतका जिल्लाहरुबाट भक्तजनहरु आउने गर्दछन् । गत वर्ष सञ्चालन भएको गोसाइँकुण्ड मेलामा एक लाख ३४ हजार रुपयाँ भेटी संकलन भएको थियो । वर्षेनि जनैपूर्णिमाको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा संकलन भएको भेटी मेला व्यवस्थापनमा खर्च गर्ने गरेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जीव डिएमले बताए ।

    कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी हजारौैँ भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन् ।
    पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाईवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
    जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने समुन्द्रि सतहदेखि ४३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्डमा मेला भर्नका लागि वार्षिक हजारौं तीर्थयात्री जाने गरेका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.