साउन १५,काठमाडौं। गृहमन्त्रालयले आज साउन १५ गते बिहीबार देखि राति ७ बजे देखि विहान ७ बजे सम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।
काठमाडौं उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको हुँदा गृहमन्त्रालयले आज बिहिबार एक विज्ञप्ति जारी गर्दै रातको समयमा उपत्यका प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार साउन १५ गते देखि नै लागू हुने गरी साझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइनेछ।