साउन १६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाबाट जारी गरिने पास बन्द गरेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि उपत्यका प्रवेशमा कडाइ गर्दै जिल्लाबाट जारी गरिने सवारी पास बन्द गरेको हो ।
आजबाट अन्तरजिल्ला सवारी बन्द गरी आन्तरिक रूपमा मात्र आन्तरिक यातायात सञ्चालन अनुमति रहेको आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्न बिहीवार गृह मन्त्रालयले बेलुका ७ बजे देखि बिहान ७ बजे सम्म काठमाडौं प्रवेश निषेध गरिसकेको छ।