• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

शुक्रवार थप २२४ कोरोना संक्रमण पुष्टि , कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगे

  •  संवाददाता
  • १६ श्रावण २०७७, शुक्रबार २३:४५ प्रकाशित
    Advertisement

    साउन १६, काठमाडौं । शुक्रवार थप २२४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।

    नेपालमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा मात्रै ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
    गण्डक अस्पतालमा मृत्यु हुनेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका- ११ का ५६ वर्षिय पुरुष रहेको छ । मुटुको रोग लागेका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते उनलाई कोरोना पुष्टि भएपछि साउन ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरी उपचाररत उनको साउन १५ गते ( हिजो ) मृत्यु भएको हो ।
    त्यस्तै सोही अस्पतालमा उपचाररत वीरगञ महानगरपालिका – १६ का ३५ वर्षिय पुरुषको पनि  हिजो नै मृत्यु भएको थियो ।  साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।

    त्यस्तै पाटन अस्पतालमा एक महिलाको मृत्यु भएको हो । ती महिला पनि  वीरगञ्ज-११  स्थायी घर भई  ललितपुर थसिखेल -५ बस्दै थिइन्।मधुमेहका विरामी ति महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो ।

    आज पुष्टि भएका ४ कोरोना संक्रमितको मृत्यु सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. गौतमका अनुसार आज झापाका १३, मोरङका १५ ,धनुषाका १,बाराका ४,सर्लाहीका १,पर्साका ४१,रौतहटका ३, बझाङका २५ ,कैलालीका १५,काठमाडौंका ३२,नुवाकोटका २ ,ललितपुरका ५ ,नवलपरासी पूर्वका २ ,मकवानपुरका १, दार्चुलाका १६ ,कञ्चनपुरका १८ ,सप्तरीका १ ,भक्तपुरका १ ,कास्कीका ३ ,म्याग्दीका २,तनँहुका १ , गुल्मीका २ , रुपन्देहीका १,बाँकेका १,दैलेखका २ ,दाङका ३,बैतडीका १०, र  डोटीका ३ जना रहेका छन्।

    आज थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट घर फर्किनेको संख्या १४ हजार ३९९ पुगेको छ । कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.