साउन १७,काठमाडौं। शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमतिको कुल संख्या २० हजार ८६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पुष्टि भएका संक्रमितहरुमा काठमाडौँका ५, कास्कीका १, रुपन्देहीका २, सल्यानका १, रोछापका २ , भक्तपुरका १,झापाका २, सुनसरीका १, इलामका २२, सिराहका ५, मोरङका २, उदयपुरका २, सप्तरीका ७, बाराका १, पर्साका ६६, रौतहटका १, बझाङका ६८, अछामका २८, कैलालीका ८९ र कञ्चनपुरका ९ जनामा कोराना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै आज ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजका सहित अहिले सम्म कोरोना निको हुने १४ हजार ४ ९२ पुगेको छ।