साउन १८, काठमाडौं। आईतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन प्रतितोला ९९ हजार ३ सयमा कारोबार भइरहेकोमा आईतबार ३ सयले वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९९ हजार १६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यता, चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ ।