दिल्ली। भारतमा कोरोना महामारी तिब्र रुपमा बढिरहेको छ । भारतका स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ।
याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या १७ लाख ५० हजार ७ सय २४ पुगेकाे छ। पछिल्लाे २४ घण्टामा ८ सय ५३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। भारतमा अहिलेसम्म ३७ हजार ३ सय ६४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। संक्रमित मध्ये ११ लाख ४५ हजार बढी निको भएका छन्।