साउन १८,रामेछाप।
।रामेछापको सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर तथा बौद धर्म अध्ययन केन्द्र सुनापतिद्वारा सुनापती गाउँपालिकामा राहत खाद्यान्न वितरण कार्यक्रम २०७७ भब्य रुपमा भएको छ |गत सुक्रबार साउन 16 गते एक भब्य कार्यक्रम गरि सभ्य रुपमा सम्पन्न गरिएको हो ।
कोभिड -१९” कोरोना भाइरस रोगका कारण विश्व जगत अस्तव्यस्त भइरहेको बेला यो प्रलयले निम्त्याएको भयानक अवस्थामा सुनापती भ्वासा च्यारिटी मेडिकल तथा बौद्ध अध्यन केन्द्र सुनापति ३ आरुखर्कले विभिन्न दातृ निकायसङ्ग सहयोगको याचना गर्दै भिविन्न राजनीतिक दल,संघ,सस्था,समाजसेवी तथा आमनागरिक सङ्ग सहकार्य र समन्वय गर्दै मिति २०७७/०४/१७ शनिबार सम्ममा सुनापती गाउपालिकाको कुल ९ वटा वडा मध्ये ७ वटा वडाका चुलो बलेको/बालेको प्रत्यक घर धुरीलाई खाद्यान्न प्रति २५ के.जि.का १ बोराका दरले खाद्यान्न (चामल) बितरण गरिएको थियो।
यस अघि श्रावन १५ गते वडा नम्बर ४,५ र ८,९ साउन १६ गते वडा नम्बर ३,५ र ६ का प्रत्यक घरधुरीलाई २५ के.जि.का १ बोराको दरले खाद्यान्न (चामल ) बितरण गरियो। त्यसै गरि सुनापती गाउपालिकाको बाकी वडाहरु १ र २ मा पनि राहत वितरण गर्ने तयारी गरिरिरहेको यहाहरु सम्पुर्णलाई जानकारी गराउदछौ।“सेवा नै धर्म हो, भ्वासा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक धर्म गुरु न्हवाङ लामा उर्फ बिमान सिंङ तामाङले बताउनु भएको छ ।“सेवा नै धर्म हो”