एजेन्सी । अष्ट्रेलियामा बढ्दो कोभिड १९ संक्रमण देखिएपछि अस्ट्रेलियाको भिक्टोरिया राज्यमा संकटकाल घोषणा गरिएको छ ।
समय परिस्थितिलाई मध्येनजर गर्दै भिक्टोरियाले लकडाउनको नयाँ नियम लागू गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै अष्ट्रेलियाको उक्त राज्यमा संकटकाल घोषणा गरिएको हो । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आज आइतबार साँझ ६ बजेदेखि संकटकाल लागू हुने बताएका छन् ।
नयाँ नियमपछि भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा कफ्र्यु लगाइनेछ । सहरमा जारी गरिएको घरमा नै बस्ने नियममा थप कडाइ गरिनेछ । यसअघि व्यवस्था गरिएअनुसारको घरबाट बाहिर जान पाउनुपर्ने प्रयोजनहरु घटाइएको छ ।
भिक्टोरियामा आईतबार ६ सय ७१ नया संक्रमित भेटिएको छ । त्यस्तै ७ जनाको मृत्यु भएको छ।