साउन २१, काठमाडौं। बुधवार थप ३८१ जना नयाँ कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो मंगलवार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । मत्यु हुनेमा पर्साका १८ वर्षीया युवती र ४६ वर्षीय पुरुष रहेको उनले बताउनुभयो।नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ६० जनाको मृत्यु भएका छन्।
कुन जिल्लामा कति?
मन्त्रालयका अनुसार काठमाडौँका ५७, ललितपुरका ५, सुनसरीका २, इलामका २, सप्तरीका ८, उदयपुरका १, मोरङका ७, सर्लाहीका ५, धनुषाका १२, महोत्तरीका १४, सिराहाका १, बाराका २७, पर्साका १ सय ५१, गोर्खाका ३, कपिलवस्तुका ९ र मकवानपुरका ४ जना, रौतहटका १, धादिङका २, महोत्तरीका २, सिन्धुपाल्चोकका १, महोत्तरीका १, रौतहटका १, सिराहाका १, स्याङ्जाका १७, बाग्लुङका २, कास्कीका १, बाँकेका १३, दाङका १, सुर्खेतका १०, कालिकोटका १ र बझाङका ११ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।