साउन २१, काठमाडौं।गृह मन्त्रालयले कोरोना संक्रमित बढ्न थालेसँगै फेरि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ ।
जनस्वास्थ्य तथ्यांक अनुसार २ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको हो। गृह मन्त्रालयले काठमाडौं उपत्यकामा पनि यो नियम लागू गर्न निर्देशन दिएको छ।
२०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ७ देखि बिहान ७ बजेसम्म आवागमनमा रोक लगाइने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।काठमाडौं, भक्तपुर , ललितपुर , कैलाली, पर्सा, रौतहट र महोत्तरीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।