साउन २२, काठमाडौं । पछिल्लो २४ घण्टामा आज थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज पुष्टि भयकासहित नेपालमा हालसम्म जम्मा २१ हजार ७ सय ५० कोरोना संक्रमित पुगेको छ।
साथै आज ( बिहीवार ) एकैदिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु हुनेहरु :
- मोरङ रंगेली नगरपालिका -८ का ४५ वर्षीय पुरुष रहेको छ । उनलाई ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।
- मोरङको विराटनगर महानगरपालिका ४५ पुरुष रहेको छ । उनको कोसी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो।
- सर्लाहीको मलंगवा -८ का ६५ वर्षिया वृद्धाको सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको छ ।
- सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको प्रवक्ता डा. गौतमले बताए।
- माथि उल्लेखित ४ जनाको साउन २१ गते मृत्यु भएको थियो भने धनुषा मिथिला नगरपालिका -१० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पताल काठमाडौंमा मृत्यु भएको थियो। उनलाई दम उच्च रक्तचापका बिरामी उनमा निमोनियाको पनि समस्या थियो।
अहिलेसम्म नेपालमा ६५ जमाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
आज २३३ जना कोरोना संक्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना मुक्त भएका छन्।