साउन २४ काठमाडौं। काठमाडौं कपनस्थित केयर बालगृहका सञ्चालिका पुष्पा अधिकारीले आफुले गरेको गल्तीको पश्चताप गर्दै माफी मागेकी छिन् ।
विगत चार वर्षदेखि आफुले हुर्काएको सानासाना बालबालिकाहरुलाई सरकारले अस्थायी बाल संरक्षण केन्द्रमा लगेपछि उनीहरूको यादमा विचलित भएको सञ्चालिका अधिकारीले भिडियो मार्फत बताएकी छिन्।
साथै उनले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु माझ उनले गरेको गल्तीको लागि ‘sorry’ सरी भन्दै ती बालबालिकालाई आफ्नोमा फर्काउन मदत गर्नुहुन अनुरोध गरेकी छिन्।
उक्त बालगृहको सञ्चालिका पुष्पा अधिकारीले बाकस भेटिएको बालकको झुटो कहानी बनेपछि विवादित भएको थियो । विवाद बढेपछि बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बुधबार ११ बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।