साउन २४, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार, देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २२ हजार ५९२ जना पुगेको छ।
शनिबार थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।
हाल ६ हजार २०६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८८८ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा शुक्रबारसम्म ७३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो।