काभ्रे। काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकमा विदेशबाट आई क्वारेन्टाइन बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन्
गत १७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती स्वास्थ्यचौकीमा मृत फेला परेकी हुन्। मृतकको आफन्त र स्थानीयले आक्रोशमा स्वास्थ्य चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृतकका आफन्त र स्थानियहरुले युवतीको हत्या गरिएको बताउँदै आएका छन्। डोरीले पासो लागेको युवतीको तस्बिर बाहिर आएपछि सामाजिक सञ्जालमा युवतीको हत्या भएको हुनु पर्ने धेरैले आशंका गरिएको छ।
आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।