साउन २५, भक्तपुर। भक्तपुरको जगातिमा माेटरसाइकल र जीप ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । श
शनिबार राति बा १९ च ३३८४ नम्बरको जीप र बा ६६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर कमलविनायकका २९ वर्षका सुमन कटुवालको भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
जीप चालक रामेछाप सुनपाती गाउँपालिका–७ खनिया घर भइ हाल काठमाडौं शंखमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ ।